पुण्यप्रसाद प्रसाई‘पुण्यजी, हामी राजनैतिक प्राणी हौं, सुधारको कुरा गर्नु हाम्रो बाध्यता हो तर तपाईंले बुभ्mनुपर्छ हामी पनि कुनै अर्को ग्रहबाट आएका हुँदैनौं । यहींको संस्कारमा पालित–पोषित भएका हौं र एक्कासि ठूलो सुधार हामी पनि स्वीकार गर्न सक्दैनौं । आमूल परिवर्तनको नारा दिने हो, सुधारको आवाज बुलन्द गर्दै अन्तरजातीय विवाहको लागि मानिसलाई उत्साहित गर्ने हो, अन्तरजातीय विवाहबाट जन्मेका सन्तान बौद्धिक हुन्छन् भन्ने हो, फकाउने हो, आर्थिक लोभ दिने हो तर आपूm चाहिं सजातीय ब्राह्मण कन्यासँग नै विवाह गर्ने हो ।’
यदि यस देशबाट विभेदको अन्त्य गर्ने नै हो भने अब हामी सबैले ठूलो छात्ती गरेर नेपाललाई आर्यन बाहुन÷क्षेत्री, जनजाति समुदाय, मधेशी÷थारु÷राजवंशी र दलित समुदायको ४ क्लष्टरमा विभाजित गरेर राज्यका सबै मुख्य पदहरुमा आलोपालो जाने व्यवस्था गर्नुपर्छ । राष्ट्रपतिदेखि गाउँपालिकाको अध्यक्षसम्मलाई चक्रीय प्रणालीमा ल्याएर जनसंख्याको आधारमा सहभागिताको सिद्धान्त अघि बढाउने हो भने ३० वर्षमा यो देशबाट सबैखाले विभेदको अन्त्य हुनेछ । राज्य अहिलेकै मान्यताले अघि बढ्यो भने नेपालमा दलितहरु अर्को क्रान्तिकारी परिवर्तन नभएसम्म उसैगरी पछि परि नै रहनेछन्, जसरी अहिलेसम्म पछि परेका छन् । सस्तो लोकप्रियताको लागि जातिगत नारा दिएर, जहाँ कुनै जातिको जनसंख्या २२ प्रतिशत पनि छैन त्यहाँ उनीहरुलाई राज्य दिने भने केही पार्टी अहिले पनि घोषित कार्यक्रम लिएर राजनीति गोटी सेक्ने दाउमा छन् तर तिनले १२४ जातिकै राज्य बनाए पनि यो देशको विभेद हराउने छैन किनकि विभेद समाधानको मुख्य मन्त्र अर्कै छ जुन नेपालका कुनै पार्टीहरु देख्न चाहँदैनन् र जसलाई सचेत नेपालीले अघि बढाइरहेको छ । अहिले जातिगत राज्यको कुरा गर्नेहरु लाखौं–लाख दलितहरुको हक अधिकारको आवाज कोही पनि उठाइरहेका छैनन् । विशाल संख्यामा रहेका दलितहरुको छरिएको अवस्थालाई कमजोरीको रुपमा लिएर उनीहरुको आवाज नसुनी नेपालको नयाँ संविधान जुन बन्यो यसले दलित समुदायलाई पूर्ण न्याय गर्नसक्दैन ।
म जात–जातिको नाममा राज्य विभाजन गर्नु हुँदैन भन्ने पक्षको व्यक्ति हुँ । जातिगत आधारमा तोकिएका राज्यले समाधान दिने होइन यसले अझ बढी समस्या लिएर आउँछ । यदि जातिगत राज्य बनाइन्छ भने सदियौंदेखि शोषित र पीडित दलितहरुले चाहिं बेग्लै राज्यको माग नउठाउनु पर्ने के छ ? हरेक युगमा दलितहरुले नै त्याग गर्नुपर्छ भन्ने कुनै जरुरी छैन । जातीय राज्य विभाजनले हरेक राज्यमा नयाँ ब्राह्मणहरु सृजना हुनेछन् र पुरानो ब्राह्मणको सेवा गरेर थाकेका, पछि परेका दलितहरु अब राज्य–राज्यमा उत्पन्न हुने नयाँ ब्राह्मणहरुको सेवा गर्न सक्दैनन् । यदि सबैलाई राज्यको आवश्यकता छ भने अब त्यो आवश्यकता दलितहरुलाई पनि छ, किनकि आप्mनो राज्यमा उनीहरु पनि ब्राह्मण बन्नेछन् अर्थात् सुशिक्षित र हर्ताकर्ता ।
ब्राह्मणहरुको चिहानमा दलितहरुको कल्पवृक्ष हुर्काउने माग कोही दलित समुदायले गर्नु आवश्यक छैन न त दलितहरुलाई आरक्षण दिने नाममा ब्राह्मणहरुले आप्mनो गति घटाउन् भन्ने आकांक्षा नै राख्नु हुन्छ । दलितरुपि बीजलाई आपैंंm फलोस् फुलोस् भनेर जुन चट्टानी–भूमिमा छोडिएको छ, त्यसबाट त्यो चट्टान हटाइयोस् ताकि त्यसका जराहरुले उर्वर–भूमि छुन पाउन् । अर्थात् यसरी बुझौं कोही पनि दलितको बच्चा जन्मिँदा कुनै बाहुनको बच्चाभन्दा कमजोर र अयोग्य भएर जन्मिँदैन तर समाज र राज्य व्यवस्था कस्तो विभेदकारी र बोझिल छ भने दलितको बच्चा जति नै योग्य भए पनि ऊ अघि बढ्न सक्दैन ।
छुवाछुत हाम्रो भूमिको उत्पत्ति होइन । यो आयातीत हो । नेपालमा यसले त्यसरी जरो गाडिसकेको छैन जति भारतका केही राज्यहरुमा छ । यदि हामीले बुद्धिमानीसाथ काम गर्ने हो भने निकै छिटो छुवाछुतको कुप्रथाबाट नेपाली समाजलाई चोखो बनाउन सक्नेछौं ।
म आरक्षणको पक्षपाती हुँ । हाम्रो समाजमा ब्राह्मणहरुले शिक्षा आर्जन गर्ने एउटा संस्कार बसाइयो । क्षेत्रीहरु पनि धनुर्विद्या र युद्धकलाको नाममा शिक्षित हुन्थे नै । वैश्यहरुले पनि औपचारिक शिक्षा आर्जन त गर्दैनथिए तर उनीहरु गाउँ–गाउँमा ब्राह्मणबाट उनीहरुले पढेका ग्रन्थहरु सुन्ने अवसर पाउँथे, जस्तो– पुराण, रामायण, गीता, महाभारत आदि पाठहरुको माध्यमबाट । तर शुद्र अर्थात् दलितहरुले यी कुनै अवसर पाएनन् । उनीहरु सदा अशिक्षामा रहे, अँध्यारोमा रहे । त्यो बेला यो कुरा उनीहरुलाई त्यति खड्किएन पनि किनकि शिक्षामा कुनै व्यापकता थिएन । शिक्षा सीमित थियो । केही पुस्तकहरु कण्ठस्थ गर्ने मानिस पण्डित अर्थात् विद्वान कहलिन्थे । तर एउटा शिल्पकारको शीपलाई शिक्षा मानिएन । पुस्तक पढेको शिक्षित भएर पनि त्यसले समाजमा उति धेरै अवसरहरु सिर्जना गर्न नसक्ने भएकाले दलितहरुले पनि वर्षौं लगाएर पढिरहनुपर्ने आवश्यकता ठानेनन् । तर एउटा लामो अन्तरालमा आएर यो संस्कारमा बदलियो । परिणाम आज शिक्षाले महान् अवसरहरु सिर्जना गर्ने युगमा आएर दलितहरु सबै अवसरहरुबाट वञ्चित रहे । उनीहरु वञ्चित यसकारणले रहे कि उनीहरुलाई तिनीहरुसँग प्रतिस्पर्धा गराइयो, जसको संस्कार नै शिक्षित हुनु थियो । यो एक शारीरिक अपाङ्ग र तालिम प्राप्त स्वस्थ मानिसको दौडजस्तो, तरबार र ए.के. ४७ को युद्धजस्तो नमिल्दो र अन्यायपूर्ण भयो । त्यसैले हरेक क्षेत्रमा आरक्षणको व्यवस्था हुनुपर्छ तर आरक्षणको गुलियो चटाएरमात्र यहाँका दलितहरुले त्यो शक्ति प्राप्त गर्न सक्दैनन्, जुन उनीहरुको विकाश र उत्थानको लागि आवश्यक छ । तेत्तीस प्रतिशत महिला–कोटा जुन भनिएको छ त्यसभित्र पनि दलित महिला, पिछडिएका मधेशी महिला र मुस्लिम महिलाहरुको लागि कोटा छुट्याउनु पर्छ, किनकि कुनै पनि जात–जाति, समाज र धर्ममा महिलाहरु नै बढी शोषित, पीडित र पिछडिएका हुन्छन् ।
हामी जो कोहीलाई पनि थाहा छ, समयको एउटा लामो श्रृङ्खलाले हरेक कुप्रथाहरु आपैंm हटाउनेछ, मानिसलाई शिक्षित बनाउँदै लग्नेछ तर हामी क्रान्ति गर्छौं भने त्यसको चाहना हुन्छ हामी ती सबै काम समयको पोल्टामा नछोडेर केही छिटो गरौं, जसलाई विकाश भनिन्छ । तर शक्तिमा रहिरहन चाहने राजनीतिक पार्टी या कथित सुधारकहरु परिवर्तनको आवश्यकताको नारा त जोडतोडका साथ दिन्छन् तर जब परिवर्तन गर्नुपर्ने क्षण आउँछ तब तिनीहरु आलटाल सुरु गर्छन् । किनकि वास्तवमा उनीहरु त्यो परिवर्तन चाहँदैनन्, जुन उनीहरुले नारामा बताएका हुन्छन् । राजनीतिक व्यक्तिमात्र होइन हरकोही ¥याडिकल परिवर्तन रुचाउँदैन । मानिसको अवचेतनमा परिवर्तनप्रति एक किसिमको अज्ञात डर लुकेको हुन्छ । तर मानिस त्यो देखाउन चाहँदैन । यसलाई एउटा उदाहरणबाट प्रष्ट पारौं ।
मेरो एउटा साथी थियो, सुधार चाहने । ऊ छुवाछुत प्रथाको खूब विरोध गथ्र्यो र भन्थ्यो– दलित र उच्च जात बीच अन्तरजातीय विवाहबाट यो समस्या धेरै छिटो हटाउन सकिन्छ । यस्तो भाषण जतासुकै गथ्र्यो ऊ । ऊ ब्राह्मण थियो ।
जब उसले विवाह गर्ने विचार ग¥यो तब मैले सोचें यदि ब्राह्मण केटीसँग प्रेमस्रेम नपरेको भए पक्कै उसले कुनै दलित कन्यालाई दुलही बनाउला । तर म तब चकित भएँ जब ऊ कन्याको खोजीमा ब्राह्मणहरुको घरमा मात्र छिर्न थाल्यो । मेरा केही दलित परिवारका साथीहरु थिए र उनीहरुको परिवारमा अति नै सुशील, शिक्षित र सुन्दर कन्याहरु थिए । मैले मेरो त्यस साथीलाई ती कन्या हेर्न जाने प्रस्ताव गर्दै भनें, ‘मलाई विश्वास छ तिम्रालागि ती कन्या एकदमै योग्य छन् र तिमीलाई मनपर्ने पनि छन् ।’ मेरो कुरा ध्यानले सुनेपछि उसले जे भन्यो त्यसले धेरै सुधारवादीको अवचेतनको आवाज बोलेको छ । उसले भन्यो, ‘पुण्यजी, हामी राजनैतिक प्राणी हौं, सुधारको कुरा गर्नु हाम्रो बाध्यता हो । तर तपाईंले बुभ्mनुपर्छ हामी पनि कुनै अर्को ग्रहबाट आएका हुँदैनौं । यहींको संस्कारमा पालित–पोषित भएका हौं र एक्कासि ठूलो सुधार हामी पनि स्वीकार गर्न सक्दैनौं । आमूल परिवर्तनको नारा दिने हो, सुधारको आवाज बुलन्द गर्दै अन्तरजातीय विवाहको लागि मानिसलाई उत्साहित गर्ने हो, अन्तरजातीय विवाहबाट जन्मेका सन्तान बौद्धिक हुन्छन् भन्ने हो । फकाउने हो, आर्थिक लोभ दिने हो तर आपूmले चाहिं सजातीय ब्राह्मण कन्यासँग नै विवाह गर्ने हो ।’
भारतको हामीमा गहिरो प्रभाव छ । भारत स्वतन्त्र भएको दशकौं बितिसक्दा पनि भारतका दलितहरुको अवस्थामा सोचेजस्तो सुधार हुन नसक्नुको कारण पनि यही मेरो साथीको जस्तो मानसिकता हो । क्रान्तिको समयमा गान्धीले भारतको पहिलो प्रधानमन्त्री हरिजनबाट हुनेछ भने तर जब प्रधानमन्त्री बनाउनु पर्ने निर्णायक क्षण आयो तब उनले एक पण्डितलाई अघि सारे, जवाहरलाल नेहरुलाई । निर्णायक क्षण नआइकन को के चाहन्छ भनेर थाहा पाउन कठिन हुन्छ । यदि स्वतन्त्रतापछि नेहरुको ठाउँमा जिन्ना या डा. अम्बेडकर प्रधानमन्त्री बनाइन्थे भने मलाई लाग्छ भारत टुक्रिने थिएन । हिन्दूहरुले जिन्नालाई विश्वास गर्न सक्दैनथिए भन्ने तर्कलाई मान्ने हो भने भारतलाई टुक्रिनबाट बचाउन सक्ने एउटै मानिस भनेको डा. अम्बेडकर थिए । किनकि डा. अम्बेडकरलाई पूर्ण विश्वासै नगरे पनि हाम्रा विरुद्धमा जालान् भनेर हिन्दू र मुसलमान दुवै पक्षले अविश्वास गर्ने अवस्था थिएन । फेरि भारतलाई विकसित र एकताबद्ध गर्न सक्ने डा. अम्बेडकरसँग वैज्ञानिक–दर्शन थियो । उनी औद्योगिक क्रान्तिका पक्षपाती थिए । जबकि गान्धीको मध्यकालीन युगको चर्खा विचारले भारतको सपना पूरा हुन सक्दैन थियो । डा. अम्बेडकरको विचारलाई यदि भारतले अनुशरण गथ्र्यो भने भारतका दलितहरुको समस्या धेरै त सकिसक्ने थियो । र, अहिले हाम्रो देशका नीति निर्माताहरु जुन सोचले संविधान निर्माण र राज्य विभाजन गर्न चाहिरहेका छन् त्यो अक्षरसः लागू भयो भने नेपालले पनि भारतको नियति भोग्नु पर्नेछ, अर्थात् दलितहरुबाट संविधान च्यातिने त छ नै साथै राज्यको माग गर्नेमात्र होइन उनीहरु दुई पाइला अघि बढेर आप्mनो भावना बुभ्mने बेग्लै राष्ट्रको दिशातिर पनि अग्रसर हुन नसक्लान् भन्न सकिदैन । किनकि कोठा थुनेर चुटे बिरालोले पनि आक्रमण गर्छ । दलितहरुलाई भरोसा दिलाएर, विश्वासमा लिएर उनीहरुले महसुस गर्ने किसिमको परिवर्तन गर्नु आजको आवश्यकता हो । केवल आरक्षणको ललीपप चटाएरमात्र दलित समस्या समाधान हुन सक्दैन । किनकि यो भनेको जम्प हान्नु अगाडिको रेसमात्र हो । मुख्य कुरा त जम्प हान्नु हो । उल्टै मैले थिच्दा ऐया भनेर मलाई बाधा पु¥यायो भन्दै सधैं दलितहरुलाई ङ्याकिरहने बहानामा अब यो मुलुक चल्दैन ।
दलितहरुलाई हामीले सदा अन्धकारमा बन्द गरेर राखेका थियौं, उनीहरु शिक्षितै हुँदैन थिए । उनीहरु पनि शिक्षित हुनुपर्छ भनेर चिन्ता गर्दैन थिए । दलितको मात्र के कुरा पूरा समाजमा नै पढीलेखी के काम हलो जोती खायो माम भन्ने मानक थियो । तर यस्तो समाजमा जहाँ ब्रह्माणहरुका बच्चा पढ्थे तर दलितहरुसँग विवेक थिएन भन्ने भ्रम नपरोस । दलितहरुले बिसे नगर्चीको विवेक राख्नुपर्छ एकीकरणको, न कि एकलव्यको, जो हार्छ उसैको पक्षबाट लड्छु भन्ने विनाशको । अब दलितले उनै बिसे नगर्ची, बाङ्गे सार्की र बिर्खे कामीको विवेक बोकेर विद्रोहको स्वर उराल्नुपर्छ । यदि दलितहरुको विद्रोहलाई कोही अन्यथा ठान्छ भने त्यो भनेको मैले सधैं थिचोमिचो गर्न पाइरहनु पर्छ, सधैं तिमीमाथि चढेर हट्हट् गर्न पाइरहनु पर्छ, मैले चुट्दा तिमीले ऐया भनेर किन मलाई बाधा पु¥याएको भनेजस्तो सोच हो । तर मलाई त लाग्छ दलितहरुको घाउ चह¥याइरहेको छ र उनीहरुले खुलेर ऐया पनि भन्न सकेका छैनन् । उनीहरुलाई थोरै भ्रम पनि परेको छ, कतै हामी अलिक जोडले कराउँदा यहाँको शान्ति बिथोलिने पो हो कि ! अरु जात–जातिको स्वतन्त्रतामा दखल पुग्ने पो हो कि ? दलितहरु पहिला–पहिलाभैंm अहिले पनि आप्mनो लागि भन्दा अरुहरुकै लागि बढी चिन्तित छन् । हो, दयालुपना राम्रो कुरा हो । तर दुखेको बेला ऐया भन्नु पनि अधिकार हो, अनि तपाईंमाथि कोही चढेर हट्हट् गरिरहेछ भने त्यसलाई आप्mनो पिठ्यूँबाट झार्नु पनि तपाईंको अधिकार हो । झर्दा उसको खुट्टो भाँचिएला कि भनेर चिन्ता गरिरहनु पर्ने केही दरकार छैन ।
अहिले मेरो बुझाइमा नेपालमा पछिल्लो दुई सय पचास वर्षमा यही विद्रोहको स्वर जन्मन सकेन अथवा जन्मन नै दिइएन जब कि प्रत्येक शासनकालको बेला यो अनिवार्य भएको थियो । र, आज पनि यो उति नै आवश्यक छ जति हिजो थियो, त्यसैले अब दलितहरुले राज्यले दिने सम्मानको भ्रममा परेर चुक्नु हुँदैन । यसपालि दलित समाज चुक्यो भने मेरो बुझाइ छ उनीहरु एक शताब्दीको लागि चुके । यो सन्तुष्ट हुने समय होइन । त्यसैले तराईका पिछडा वर्ग हुन् या पहाडका दलित सबै एकजुट भएर कसैले दिने अवस्थामा होइन आप्mनो लागि आपैंंmले केही गर्ने भूमिकामा रहनु पर्छ । दलित समुदायले कोही बाहुनसँग माग्ने त पक्कै होइन । राज्यका हरेक क्षेत्रमा दलित समुदाय र पछडा वर्गलाई जनसंख्याको आधारमा सम्मान जनक स्थान उपलब्ध हुनुपर्छ । थाहा हुन आवश्यक छ, दिनेले खोस्न पनि सक्छ । किनकि यी दिने भनेका हुन् नै को ? यी दिनेहरुमा त्यही मानसिकता छ, जुन मैले माथि उल्लेख गरेको मेरो साथीको छ अर्थात् गान्धीवादी मानसिकता, निर्णायक घडीमा आएपछि पण्डित नै खोज्ने । मेरो बुझाइमा अब मुलुकका सम्पूर्ण दलितहरु एकजुट भएर एक स्वर गर्न जरुरी छ, जसको लागि क्रान्तिचेत पैदा गर्न जरुरी छ । ब्राह्मणलाई म उच्च जातिको हुँ भन्ने भावना राख्ने अधिकार छ तर कथित दलित समुदायसँग दाँजिएर उनीहरुलाई अवहेलना र अपमान गर्दै हामी उनीहरुभन्दा अब्बल र महान् जाति हौं र सबै अवसरहरुको सर्वप्रथम हकदार हामी मात्र छौ भन्ने आदिम सोच राख्नु गैरकानुनी र विभेदकारी छ । र, हरेक दलितहरुले आपूmलाई कमजोर नठानेर हामी पनि ब्राह्मणजस्तै उच्च हौं, हामी महान् शिल्पी जाति हौं । नेपालको मात्र होइन विश्वको कुनै पनि देशको कुनै पनि जातिले गरेको कार्य हामी त्योभन्दा कुशलतापूर्वक गर्न सक्छौं भन्ने आत्मविश्वासपूर्ण सोच निर्माण गरेर अघि बढ्नु पर्यो । कोहीसँग दाँजिएर आफूलाई कमजोर र हिन कहिल्यै नाठन्नु भएन ।