
काठमाडौं।बेलायतका प्रधानमन्त्री केयर स्टार्मर चीन पुगेका छन्।बुधबार अपराह्न उनी बेइजिङ पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।विमानस्थलमा चिनियाँ सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो।स्टार्मर विभिन्न क्षेत्रका ५० जनाभन्दा बढी उद्योगी/व्यवसायीहरूलाई लिएर बेइजिङ पुगेका हुन्।चीनमा सन् २०१८ पछि पहिलोपटक बेलायतबाट प्रधानमन्त्री स्तरीय भ्रमण भएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।बिहीबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट्ने कार्यक्रम छ।यो भ्रमणमा बेलायत-चीन व्यापारबारे छलफल गर्ने बताइएको छ।बेलायती प्रधानमन्त्री स्तरबाट भएको चीन भ्रमणलाई विशेष रूपले हेरिएको छ।




























