
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। कोलम्बियाली भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे भूकम्प गएको हो।भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ९६ किलोमिटर गहिराइमा रहेको बताइएको छ। राजधानी बोगोटालगायत केन्द्रविन्दुबाट सयौँ किलोमिटर टाढाका क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पका कारण विभिन्न सहरमा भवन तथा संरचनामा क्षति पुगेको छ। केही भवन भत्किएका छन् भने मानिसहरू घाइते भएका छन्।चोको राज्यकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाले भूकम्पमा केही मानिस घाइते भएको जानकारी दिएकी छन्। यद्यपि, घाइतेको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।यो भूकम्प उत्तरी छिमेकी मुलुक भेनेजुएलामा करिब दुई महिनाअघि गएको शक्तिशाली भूकम्पपछि आएको हो। उक्त घटनामा ६१ सयभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ।



























