
जनता समाजवादी पार्टी, नेपालले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।ललितपुरमा सोमबार बसेको जसपा नेपालको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरेको हो । सो पार्टीले समर्थन फिर्ता फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको छ । संसदमा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने जसपा नेपालले जनाएको छ । यसअघि जसपा नेपालबाट सरकारमा सहभागी मन्त्रीहरुले सोमबार नै राजीनामा दिएका थिए ।त्यस्तै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले पछिल्लो राजनीतिक घटनाका क्रममा बारेमा जानकारी गराउनुभएको थियो । दुई दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल भएको प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।




























