
काठमाडौँ, जेठ ७ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची रहेको भए पनि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको हो ।प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने काममा अवरुद्ध नगर्न आग्रह गर्नुभयो । तर कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारे ।कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिएको छ । आजको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरुले बेल घेराउ गर्न पुगेका हुन् ।




























