
काठमाडौं- नेपाली कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत व्यवस्थाको रक्षाका लागि एमालेसँग सहमति गरिएको जनाएको छ । रोल............नयाँ सरकार गठनका लागि एमालेसँग सहमति भएपछि मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र राष्ट्रिय सहमतिका साथ संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या समाधान गर्न एमालेसँग सहमति गरिएको बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिनुभयो ।प्रवक्ता महतले राजनीतिक अस्थीरताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भावना भएकाले महत्वपूर्ण मुद्धाहरुमा आम जनतामा रहेको चाँसो र चिन्तालाई केन्द्रमा राखेर कांग्रेस र एमालेबीच सत्ता साझेदारीको समझदारी भएको बताउनुभयो । उहाँले सरकारलाई राष्ट्रिय सहमतिको बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली र सभापति देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने भन्दै इच्छुक अन्य दलहरुलाई सरकारमा सामेल गर्ने उल्लेख गर्नुभयो । अहिलेसम्मको समीक्षा र अनुभवबाट राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन पनि सँगसँगै अघि बढाउने प्रवक्ता महतले बताउनुभयो । बाइट..............त्यस्तै प्रवक्ता महतले सभापति देउवा र एमाले अध्यक्ष ओलीले सोमबार राति राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेको र भेटमा संविधान संशोधनको विषयलाई लिएर आयोग बनेको भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो ।




























