
काठमाण्डौ| नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मुलुकलाई अस्थीरतातर्फ लैजाने कोशीस भएको बताउनुभएको छ ।सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै बर्तौलाले वर्तमान सरकार अल्पमतमा परेपनि आफ्नो आयु लम्याउने काम भइरहेको र बालुवाटारबाट नयाँ सरकार बन्न रोकेर मुलुकलाई अस्थीरतातर्फ लैजाने कोशीस भइरहेको बताउनुभएको हो ।आफुहरु वर्तमान सरकारलाइ बलियो ढंगबाट अघि बढाउन चाहेपनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमाा सहभागी भएकाले एमाले थप सशंकीत भएको उहाले बताउनुभयो । उहाले सरकारभित्र रहदारहदै एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र कांग्रेससंग सहकार्य भएको जिकिर गर्नुभयो ।उहाले कांग्रेससंग भएको सहमति कार्यान्वयनमा एमाले दृढताका साथ अघि बढने बताउनुभयो । अहिले संवैधानिक व्यवस्थालाई बङ्गाउने खेल भएको भन्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको दावी गर्नुभयो ।त्यस्तै उहाले लामो समय नदिइ तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्न प्रधानमन्त्रीलाई अनुरोध समेत गर्नुभयो ।




























