अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।बिहीवार आयोगले विशेष अदालतमा पुगेर पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक सुगत कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीसहितका ३२ जनलाई प्रतिवादी बनाई आरोप पत्र दर्ता गराएको हो । मुद्दा दर्ता भएकोबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले । ए ३३०—२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको बताउनु भयो । उहाँले ३२ जना प्रतिवादी बनाइ मुद्दा दर्ता भएको बताउनु भयो । जसमा २४ जना नेपाली र ८ जना विदेशी रहेको बताउनु भयो । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता गराएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दर्ता गरेको छ । ए ३३०—२०० विमान खरिदमा भएको अनियमितताका सम्बन्धमा आरोपपत्र दर्ता भएको छ । यसमा ३२ जना प्रतिवादी हुनुहुन्छ । २४ जना नेपालीसहित ८ जना विदेशी गरी ३२ जना प्रतिवादीहरुबिरुद्ध आरोप पत्र दर्ता भएको छ । यसको सबै प्रतिवादीहरुलाई समान बिगो कायम गरिएको छ । त्यसमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको छ ।’सूचना अधिकारी रेग्मीकाअनुसार प्रतिवादी सबैलाई समान बिगो दाबी गरि मुद्दा दर्ता गरिएको छ ।