राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको छ ।सरकार समक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी प्रदर्शनका गर्ने क्रममा राप्रपाले काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो । राप्रपा काठमाडौं महानगर कमिटीको संयोजनमा भएको र्यालीले उपत्यकाका बिभिन्न स्थानको परिक्रमा गरेको थियो । यसअघि देशका विभिन्न महानगर, उपमहानगरमा राप्रपाले प्रदर्शन गरिसकेको छ ।यसअघि राप्रपाले बिभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र समेत बुझाएको थियो । जसमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगाएतका रहेका छन् ।