काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दुई–दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताउनुभएको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै दाहालले प्रधामन्त्रीले विश्वासको मत लिन पाउने व्यवस्था संविधानमा रहेपछि राजीनामाको बिषयलाई नैतिकतासंग जोडेर अभिव्यक्ती दिने गरेको भन्दै असंवैधानिक तवरले दुई–दुई पटक संसद बिघटन गर्नेहरुले नैतिकताको कुरा गर्न नसुहाउने बताउनुभएको हो ।उहाले एमालेको प्रस्तावकै कारण यसअघि प्रचण्डले कांग्रेससंगको सहकार्य तोडेदै एमालेसंग सहकार्य गरेको धारणा राख्नुभयो । तर अहिले एकाएक माओवादीसंग सहकार्य तोडेर कांग्रेससंग सहकार्य गर्ने एमालेको नियममा प्रश्न गर्ने ठाँउ गरेको उहाले बताउनुभयो । दाहालले कांग्रेस–एमालेबीच भएको सहमति बदनियतपूर्ण रहेको आरोप पनि लगाउनुभयो ।उहाले वर्तमान सरकारले सुशासनको काममा निरन्तरता दिदै गर्दा बेचन झा प्रकरणपछि सत्ता समिकरण परिवर्तनको अवस्था सिर्जना भएको दावी गर्नुभयो ।