काठमाडौं । स्वपाका संसद हरि ढकालले प्रमुख दलहरुकै कारण मुलुकमा कुशासन, भ्रष्टाचार र मुलुकमा आर्थिक समस्या देखिएको बताउनुभएको छ ।प्रतिनिधिसभा बैठकमा बोल्दै ढकालले मुलुकको परिवर्तनमा प्रमुख दलहरुको भूमिका महत्वपूर्ण रहेपनि तीन दशकमा प्रमुख दलहरुकै कारण मुलुक पटक पटक समस्यामा परेको बताउनुभएको हो ।उहाले कांग्रेस–एमालेबीचको सहमति सार्वजनिक नभएको अवस्थामा उक्त सम्झौतामा अव बन्ने सरकार पनि तीन दशकको निरन्तरता भएको जिकिर गर्नुभयो । सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा बेचन झा पक्राउ पर्ने बितिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसंग बुझेको उहाको भनाइ छ ।उहाले सरकार परिवर्तन हुदा पनि राजनीतिक संस्कार र इमान्दारी कार्यकालभरि कायम राख्ने भन्दै तीन दशकमा मुलुकलाई अप्ठेरोमा पार्नेहरुले राजनीतिक संस्कार नसिकाउन सुझाव दिनुभयो ।