काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले बिभिन्न प्रकरणका फाइल खुल्न थालेपछि सत्ता समिकरण परिवर्तन भएको दावी गर्नुभएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको छलफलमा भाग लिदै लामिछानले बिभिन्न प्रकरणको फाइल खोल्दा बेचन झा र प्रतीक थापाहरु पक्राउ पर्ने क्रम सुरु भएपनि सत्ता समिकरण परिवर्तन भएको दावी गर्नुभएको हो ।लामिछानेले सरकारमा रहदा सुशासनका पक्षमा काम गरेको र यसको वातावरण बनाइएकोप्रति प्रचण्डलाई धन्यवाद दिनुभयो । उहाले बिभिन्न प्रकरणमा अनुसन्धान गर्दा आफुलाई स्टन्ड गरेको आरोप लागेको भन्दै वर्तमान सरकारले खोलेका फाइललाई निरन्तरता दिएर स्टन्ड देखाउन अव बन्ने गृहमन्त्रीलाई चूनौति दिनुभयो ।आफुलाई जवरजस्ती सहकारी ठगको रुपमा स्थापीत गर्न खोजेको उल्लेख गर्दै लामिछानले आफुले कानून बमोजिम कसैलाई कारवाही गर्दा लोकतन्त्र र प्रेस स्वतन्त्रता खतरा परेको टिप्प्णी भएको जिकिर गर्नुभयो ।लामिछानेले कांग्रेस–एमालेले भनेको राष्ट्रिय सहमतिप्रति आशंका व्यक्त गर्दै जनतालाई थाहा नदिएर गरिएको राष्ट्रिय सहमतिले मानमर्दन गरेको बताउनुभयो ।