दाङ ।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले दल उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ। नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निर्णय गरेसंगै आज मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी छ।यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आचार्य मुख्यमन्त्री बन्ने पुष्टि गरे । पार्टीले आचार्यलाई मुख्यमन्त्रि पदमा अघि सारेकोले बताए । उनले भने, ‘अब आचार्य नै मुख्यमन्त्री बन्नुहुन्छ ।’अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।
माओवादी नेता जोख बहादुर महराको नेतृत्वको सरकारमा भने आर्थिक मामिला तथा योजना मन्त्री थिए। प्रदेश प्रमुखले सरकार बनाउन आज साँझ साढे ६ बजे सम्मको समय दिएका छन् । साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर दावी पेश गर्ने तयारी छ।