
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धु टी–स्टेट सम्बन्धी बिषयमा प्रधानमन्त्री केपी ओलीबिरुद्ध परेको अवहेलना मुद्धामा अदालतले सहि फैसला सुनाउनेमा आफु विश्वस्त रहेको बताउनुभएको छ ।मंगलबार प्रेस सेन्टर कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गिरीबन्धुका बिषयमा गरेको आदेश कार्यान्वयन नगरेको प्रति प्रधानमन्त्री विरुद्ध अदालतमा परेको अवहेलना मुद्दामा सहि फैसला आउनेमा आफु विश्वस्त रहेको बताउनुभएको हो । उहाले गिरीबन्धुको कुरालाई माओवादीले निरन्तर उठाईराख्ने जिकिर गर्नुभयो । प्रचण्डले अहिलेको सरकारले देश जनताका पक्षमा काम नगरी भ्रष्टहरुलाई बचाउने काम गरिरहेको आरोप लगाउनुभयो । उहाले अहिले माओवादीको ध्यान सरकारतर्फ नरहेपनि सरकारको गलत काम प्रति मुखदर्शक नबन्ने धारणा राख्नुभयो । प्रचण्डले प्रक्रिया मिचेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा गएर अड्किएको र दुई तिहाइको अहंकारले धक्का खाएको टिप्पणी गर्नुभयो ।उहाले अध्यादेशलाई बिपक्षी दलहरुले अस्वीकार गरेको भन्दै पारित हुने अवस्था नदेखिएको धारणा राख्नुभयो । उहाले माओवादी समाजवादी मोर्चामा रहेको र एकताको बिषयमा पनि छलफल चलिरहेको बताउनुभयो ।




























