
युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड टर्किस क्लब गालाटासारेसँग बराबरीमा रोकिएको छ ।गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड गालाटासारेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
गालाटासारेका लागि हाकिम जियाचले २ गोल गरेका थिए भने मुहमद केरेमले एक गोल गरेका थिए ।त्यसैगरी म्यानचेस्टर युनाइटेडका लागि अलेजनान्द्रो गर्नाचो, ब्रुनो फर्नानडेज र स्कट म्याकटोमिनीले एक एक गोल गरेका थिए ।त्यस्तै यसै समुहको अर्को खेलमा बायर्न म्युनिख र कोपेनहेगन गोल रहित बराबरी खेलेका थिए ।अब समुह ए मा अन्तिम खेल खेल्न बाँकी रहदा बायर्न म्युनिखको ५ खेलमा १३ अंक रहेको छ र राउण्ड १६ मा छनौट भएको छ भने कोपेनहेगन र गालाटासारेको ५-५खेलमा ५-५ अंक रहेको छ भने म्यानचेस्टर युनाइटेडको ५ खेलमा ४ अंक रहेको छ ।अब समुह चरणको अन्तिम खेलमा अर्को साता म्यानचेस्टर युनाइटेडले बायर्न म्युनिखको सामना गर्ने छ भने कोपेनहेगनले गालाटासारेको सामना गर्ने छ ।नापोलीमाथि रियल म्याड्रिड ४-२ ले विजयीयुइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले नापोलीलाई पराजित गरेको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा रियल म्याड्रिडले नापोलीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा रोड्रीगो, जुडे बेलिङघम, निको पाज र जोसेलुले एक एक गोल गरेका थिए । त्यसैगरी नापोलीका लागि गिओभानी सिमोओने र् आन्द्रे फ्र्यांक जाम्बोले एक एक गोल गरेका थिए ।यसै समुहका ब्रागा र युनियन बर्लिनले गएराती नै सम्पन्न खेलमा १-१ गोलको बराबरी खेलेका थिए ।यो जितपछि रियल म्याड्रिडले ५ खेलमा सबै जितसहित १५ अंक हासिल गरेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।त्यस्तै नापोलीको ५ खेलमा ७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्रागाको ५ खेलमा ४ अंक छ भने युनियन बर्लिनको ५ खेलमा २ अंक रहेको छ ।अब समुह चरणको अन्तिम खेलमा अर्को साता रियल म्याड्रिडले युनियन बर्लिनको सामना गर्ने छ भने नापोलीले ब्रागाको सामना गर्ने भएको छ ।लेन्सविरुद्ध आर्सनलको ६ गोलयुइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ ।गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल गरेको हो ।आर्सनलको जितमा काइ हाभेर्ट, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले एक एक गोल गरेका थिए ।त्यसैगरी यसै समुहको गएराती भएको अर्को खेलमा सेभिया भने पीएसभीसँग ३-२ गोल अन्तरले पराजित भएको छ । यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।अब अन्तिम चरणका खेल खेल्न बाँकी रहदा समुह ए मा आर्सनलको ५ खेलमा १२ अंक भएको छ र राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।त्यस्तै समुह ए बाट पीएसभीको ५ खेलमा ८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।त्यसैगरी लेन्सको ५ खेलमा ६ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ भने सेभियाको ५ खेलमा केवल २ अंक रहेको छ । सेभियाको च्याम्पियन्स लिगमा अर्को चरणमा पुग्ने सम्भावना समाप्त भएको छ ।अब समुह चरणको अन्तिम खेलमा आर्सनलले पीएसभीसँग र लेन्सले सेभियासँग खेल्ने तालिका रहेको छ ।




























