
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।स्थानीय प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दस घण्टा लामो सैन्य आक्रमण गरेको थियो । यसैबीच इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्म नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिको क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ ।आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्युएएफएकाअनुसार अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरु भएदेखि कम्तिमा २९६ प्यालेस्टाइनीहरू वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल




























