
काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । मृतकको नाम ठेगान खुलि नसकेको जनाउँदै परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले थप तीन नेपालीको मृत्यु सूचना आफूहरुलाई प्राप्त भएको बताए । यसअघि रुसी सेनाम गएका ७ जनाको मृत्यु भएको थियो ।गरिबी हाम्रो नियति होइन । हाम्रो देशका आइक्यु स्तर कम भएका व्यक्तिले सदियौंदेखि सिस्टम कब्जा गरेकाले आर्थिक नीति बनेन त्यसैले नियतिका कारणले नभइ नियोजित कारणले हामी गरिब भयौं । यही गरिबीले हामीलाई भाडाका सिपाही बन्न बाध्य पार्यो । पहिलो र दोस्रो विश्वयुद्ध ताकादेखि मात्र होइन त्योभन्दा धेरै अघिबाट भाडाको सिपाही बन्न बाध्य भयौं । देशमा रोजगारी सृजना गर्न नसक्ने राजनीतिका कारण आज पनि हामी ब्रिटिस, इण्डिया, सिंगापुर देखि अब रसियाको समेत भाडाको सिपाही बन्न बाध्य बनेका छौं ।
आज रसियन सेनामा हाम्रा कति भाइ बहिनी छन् ? कति घाइते भए र कति मरे हामीलाई त के हाम्रो सरकारलाई समेत थाहापत्तो छैन । मर्नेको संख्या थपिएको छ । थप ३ जनाको मृत्यु भएको समाचार बनेको छ । यसअघि रुसी सेनाम गएका ७ जनाको मृत्यु भएको थियो ।




























