
प्रहरीको गोली लागेर सर्लाहीको बरहथवा -६ बस्ने अन्दाजी वर्ष ३० का जयशंकर साहको मृत्यु भएको छ । साहको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै भएको प्रदर्शनीमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारीले पुष्टि गरेका छन् ।घटनाबारे थप विवरण आउन बाकी ..




























