
काठमाडौं । सेयर बजार परिसुचक सामान्य बिन्दुले खुम्चिएको छ । अघिल्लो तीन कार्यदिन लगातार उकालो लागेको सेयर बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार शुन्य दशमलव ६२ अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव ९९ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले ओरालो लागेर तीन सय ८४ दशमलव १४ बिन्दुमा खुम्चिएको छ ।धितोपत्र बजारमा आज तीन सय सात वटा कम्पनीहरुको ७९ हजार तीन सय ८९ पटक सेयर किनबेच भएको छ । जसबाट दुई करोड २१ लाख ३२ हजार सात सय ६८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रुपैंयाँ पुगेको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने जलबिद्युत, लघुवित्त, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।




























