
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराएको हो । फागुनको ३ गते फिजिकल अडिसन देखाइनेछ । दुई वटा सिजन शुरु भइसकेपछि तेस्रो सिजन ल्याउन लागेको निर्माण टिमले बताएको छ । कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने आयोजकले बताएको छ । थ्रि प्रोडक्सनको प्रस्तुति रहने यो संस्करणलाई उत्कृष्ट बनाउने निर्देशक विशाल भण्डारीले बताउनु भयो ।शोमा ३३ एपिसोड प्रश्तुत हुनेछ । शोको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ भने भोटिङ सहकार्य खल्तीसँग भएको छ । शोमा निर्णायकका रुपमा प्रदीप भट्टराई, सन्तोष पन्त, ऋचा शर्मा र मनोज गजुरेल हुनुहुन्छ ।




























