
काठमाण्डाै – आज शेयर बजार झन्डै १० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा पुगेको छ ।आज होटल तथा पर्यटन, उत्पादन र लघुवित्तबाहेकका समूहको शेयर बढेकोमा फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज जानकी फाइनान्स, नेपाल फाइनान्स र पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । समग्रमा बजार बढे पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।आज बोटलर्स नेपाल कम्पनी र विपी डब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिरख्वा हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ ।आज ५२ लाख ३९ हजार कित्ता शेयर एक अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १४ करोड १९ लाख रुपैयाँको शेयर किनबेच भयो ।




























