
सहकारी पिडितहरुले काठमाडौंमा विरोध र्याली निकालेका छन् ।
आफुहरुको बचत फिर्ता गराउन राज्य गम्भीर नभएको भन्दै सहकारी पिडितहरुले सोमबार काठमाडौंको माइतिघर देखि बानेश्वरसम्म विरोध र्याली निकालेका हुन् ।सहकारीमा आफुहरुले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने भन्दै सहकारी पिडितहरुले माइतिघरमा धर्ना दिदै आएका छन् ।उनीहरुले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा सहकारी पिडितहरुले माइतिघरमा रिले अनशन समेत सुरु गरेका छन् ।




























