
काठमाडाैं। नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ ।चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चूनौतिहरु पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताउनुभयो ।सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने उहाले बताउनुभयो । जनमानसमा सुरक्षकर्मीको सहज पहँुच, अपराध न्यूनीकरणका साथै स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखिएको रजौरेले बताउनुभयो ।उहाले एरिया बिभाजन गरि १४ जना प्रहरी नायव उपरिक्षकको कमाण्डमा एउटा टोलीमा १० जना रहने गरि परिचालन गरिने जिकिर गर्नुभयो । सवारी गस्तीमा इ–क्युआरटी ७६ र २४ वटा मोवाइल गस्ती परिचालन हुने परिसरले जनाएको छ । त्यस्तै सादा पोशाकमा ३८ वटा टोली खटिने प्रहरीले जनाएको छ ।




























