हिन्दू धर्म दर्शनका देनहरुवास्तवमा धर्मको अर्थ कुनै अमुक ग्रन्थको पछिलाग्ने समुदाय भन्ने होइन र सो संस्कार पालना गर्नेलाई खास किसिमको धर्मालम्वी भन्ने पनि होइन । धर्मको अर्थ क्षेत्रयोचित कर्म भन्ने बुझाउछ । जस्तो सुर्यको धर्म ताप र प्रकास दिनु हो । आगोको धर्म पोल्नु, जलाउनु हो, विद्यार्थीको धर्म अध्ययन गर्नु, गुरुको धर्म अध्यापन गराउनु, राजनेताको धर्म राज्य कुशल र सबल ढंगले संचालन गर्नु, र क्षत्रीयको धर्म रक्षा गर्नु आदि भनेर बुझ्न सकिन्छ । हिन्दू भन्नाले हिन अर्थात हिसांको भावनाबाट मुक्त भएकाहरुलाई भन्ने बुझाउछ । हिन्दू जिवन पद्धती वा संस्कार हो भन्न सकिन्छ ।त्यस्तै इसाई वा मुश्लिमलाई धर्म भनिदैन रिलिजन भनिन्छ । यहाँ रिलिजन भन्नाले विश्वास भन्ने बुझिन्छ । हिन्दू विचारमा धर्म विश्वास होइन क्षेत्रयोचित कर्म गर्नु हो । आगोले पोल्छ भनेर विश्वास गरेपनि नगरे पनि आखिर पोल्छ नै, त्यो त्यसको क्षत्रयोचित धर्म हो । त्यसैले हिन्दूहरुले आगोलाई अग्निदेव माने । यसकारण पनि आगो लाई भगवान माने कि जगतको सृष्टी, लय र प्रलय तिनै अवस्थामा अग्नि अथार्त सुर्यको भुमिका महत्वपुर्ण हुन्छ । सुर्यविना सम्भव नै छैन । त्यसरी नै सम्पुर्ण पञ्चमहाभुत, पृथ्वी, जल, तेज, वायु र आकास यी सबै परमात्मा परमेश्वरका स्वरुपहरु (ब्रम्हा, विष्णु, महेश, तिरोधान र निग्रह) हुन । मानव शरिर पनि यी नै पञ्चमहाभुतबाट बनेको छ । त्यसैले धर्मको नाम नै दिनु छ भने हिन्दू मात्रलाई यो अधिकार छ । हिन्दू मात्र धर्म हो । किनकी यसमा ब्रम्हाण्डको स्वरुपसंग मानव जिवनको सम्बन्ध र अस्तित्वका बारेमा प्रष्ट्रयाइएको छ ।तसर्थ हिन्दू धर्म मुल हो, सभ्यताको केन्द्र हो । जगतको रहस्यका बारेमा जान्नेवाला तत्वबोध गराउने साधन हो । हिन्दू धर्म दर्शनका केहि महत्वपुर्ण आयामहरुका बारेमा यहा चर्चा गर्ने जमर्काे गरिएको छ ।१, संस्कृत भाषा संसारको सबैभन्दा प्राचीन भाषा संस्कृत हो । संस्कृतको देन नै हिन्दू संस्कार हो भन्दा फरक पर्दैन । संस्कृत नै हाम्रो जिवन हो, विश्वको मुल र सम्पुर्ण जगतको रहस्यको श्रोत संस्कृत हो भन्न सकिन्छ । संसारको जेठो भाषा मात्र नभएर, संसारको सबै भाषाको मुल उद्गम पनि संस्कृत नै हो । यसका साथसाथै सबैभन्दा धेरै शब्दभण्डार भएको भाषा पनि संस्कृत नै हो । भनिन्छ संस्कृतमा २ अरब भन्दा धेरै शब्दहरु रहेका छन ।आज युरोप अमेरिकाका धेरै विश्व विधालयहरुमा सन्स्कृत भासाको अध्ययन हुन थालेको छ । नासा सबै भन्दा अगाडी बढेर अनुसन्धान गर्दै छ । सन २०३० सम्ममा नासाले सन्स्कृतमै अल्गोरिदम सहितको कम्प्युटर बनाउदै छ ।यो भाषाको वैज्ञानिकताको विषयमा कुरा गर्दा, संस्कृत बोल्दा मात्रै पनि शारिरिक र मानसिक रुपले धेरै फाइदा हुन्छ । संस्सारलाई जोडनु छ भने संस्कृत क्रान्ती अवश्य आवश्यक छ ।२, जोतिष विज्ञान हिन्दू धर्मको सबैभन्दा महत्वपुर्ण देन भनेको जोतिष विज्ञान हो । जोतिष भन्नाले सम्पुर्ण खगोलिय प्रणालीको हिसाबकिताव, त्यसको व्याख्या र प्रभाव आदिको समष्टीगत विज्ञान हो । आजप्रयन्त यसको महत्व कायम नै छ । हजारौ वर्ष पहिलेदेखी आजसम्म पनि वैदिक गणनाबाट हिसाव नगरिएको कुनै क्षेत्र छैन । पृथ्वी देखि सुर्य सम्मको दुरी , ग्रह र ताराहरुको संख्या, तिनको आकार बनावट आदि सबैका बारेमा वैदिक जोतिष भरिपुर्ण छ ।सम्पुर्ण ब्रम्हाण्डको हिसाबका साथसाथै दैनिक जिवनमा गणना गरिने महिना, गते, तिथी, साल, समय, वर्ष र शताव्दीहरुको हिसाव पनि वैदिक जोतिषकै माध्यमले गरिन्छ । पश्चिमी जगत अन्धकार र जंगली युगमा रहदा पुर्वीय सभ्यतामा ब्रम्हाण्डको आकार र प्रकृतीको वारेमा ऋषिमुनीहरु हिसाव किताव गर्दथे । सुर्य ग्रहण कहिले लाग्छ, चन्द्र ग्रहण कहिले लाग्छ, खग्रास र खण्डग्रास वर्षमा कहिले कहिले पर्दछ र त्यसको असरहरु के के हुन, सो अवधीमा के गर्ने के नगर्ने लगायत विज्ञानसम्मत तवरको हिसाव किताव केवल वैदिक जोतिषमा मात्र सम्भव छ । जुन हजारौ वर्ष देखि आजप्रयन्त निरन्तर चल्दै आएको छ । हप्ताको पहिलो दिनलाई किन आइतबार अर्थात (रबिबार) नै भनियो, दोस्रो दिनलाई किन सोमबार र तेस्रोलाई किन मंगलवार नै भनियो आदि सबैको तर्क पनि छदैछ । पश्चिमलै यसैलाई चोरी गरि सन डे, मन डे भनेका मात्र हुन ।पछिल्लो केहि समययता भने पश्चिमी जगतमा वैदिक जोतिषकै केहि हागा पुगेका हुनाले उनिहरुले त्यसमा लामो अध्ययन र अनुसन्धान गरेर केहि हद सम्म जोतिष गणना सुरु गरेका छन । तर समग्र वैदिक जोतिषलाई पछ्याउन पश्चिमलाई अर्को केहि सय वर्ष अवश्य लाग्ने छ ।३, नितीशास्त्र तथा उपदेश हिन्दू धर्म तथा पुर्वीय दर्शनमा भएका नितिशास्त्र, पुराण र उपदेशका ग्रन्थहरु समग्र हिन्दू समाजकै गहना हुन । त्यस्ता ग्रन्थहरुले मानवता, प्रेम र भातृत्व सिकाउछ । संसारलाई बसुधैव कुटुम्वकं भन्ने महामन्त्र सिकाउछ र सर्वे भवन्तुं सुखिनं जस्ता प्रेरणादायी श्लोकहरुले मानवलाई महामानव बनाउन अभिप्रेरित गर्दछ । केवल दया, करुणा र सहयोगमात्रको गुन्जायस हिन्दू समाजमा देख्न सकिन्छ । यसको एउटै मात्र कारण हो, वेद, पुराण, गिता लगायत शास्त्रहरुको मार्गनिर्देशन ।सामाजिक संस्कार र आदर्शहरुका लागी पनि हिन्दू दर्शनका नितीशास्त्र लगायतका ग्रन्थहरु भण्डार हुन । यस्ता कुराहरुले हिन्दू ग्रन्थहरु भरिपुर्ण छन । माता पिता प्रतीको धर्म, गुरुप्रतीको धर्म, सामाजिक धर्म र देशप्रतीको धर्मका बारेमा हरेक शास्त्रहरुमा वर्णन पाईन्छ । सम्पुर्ण शास्त्रको मुल भाव नै यहि हो। स्त्रीलाई प्रकृती अर्थात सृष्टीको मुहान भनी पुज्ने संस्कार केवल हिन्दूमात्र हो । मानिसको जिवन कसरी मुल्यवान बनाउन सकिन्छ, यसको रहस्य के हो, यसको प्रयोजन के हो आदिका बारेमा उत्तर केवल हिन्दू ग्रन्थमा मात्र पाईन्छ । मानव भएर जन्म लिएता पनि ब्रम्ह चेतना जगाएर स्वयम परमात्मा परमेश्वरको समिपमा कसरी पुग्न सकिन्छ भन्ने रहष्य पनि एक महत्वपुर्ण पाटो हो । जुन हिन्दू संस्कारमा मात्र सम्भव छ ।हिन्दू शब्दको अर्थ नै हिसां भावनाबाट मुक्त हुनु भन्ने बुझाउछ । संसारमा आजसम्म भएका कुनै पनि नरसंहार तथा युद्धहरुमा हिन्दूहरुले नेतृत्व गरेका छैनन । पहिलो विश्व युद्ध, दोस्रो विश्वयुद्ध, युरोपको क्रुसेड, चिन जापानको युद्ध, अफगानिस्तान, सिरिया र इराक हरुमा भएका र भइरहेका युद्धहरुलाई हेर्न सकिन्छ । हिन्दूले आफुमाथी कैयौँ प्रहारहरु सहेर बसे, हतियार उठाएनन, करोडौ हिन्दूमाथी आक्रमण गरियो, मारियो, जर्वजस्त हिन्दूबाट मुश्लिम बनाइयो, क्रिश्चियन बनाइयो केवल तरवार र बन्दुकको भरमा तर हिन्दूले कहिल्यै त्यस्ता कार्य गरेनन । किनकी हाम्रा शास्त्रले त्यस्तो कार्य गर्न गराउन अभिप्रेरित नै गर्दैन ।४, संगीतको जननी सामवेद संगीतको मुल हो । सम्पुर्ण कला र कृतीको श्रोत हो । संगीतका रस र रागको देन वेद नै हो । लाखौ तथा हजारौ श्लोकको रुपमा रहेका संगीतको प्राणसहितका रचनाहरु वास्तवमा सम्पुर्ण कला र संस्कृतीको जननी हो । यो केवल नेपाली तथा भारतीय कलाकृतीमा मात्र सिमित छैन, संसारभर वैदिक तवरको नै संगीत राग, रस र लयको प्रयोग हुन्छ । ठाउ अनुसार, परिवेश अनुसार केहि फरक जस्तो देखिएतापनि मुल रुपमा श्रेष्ठ स्रोत वैदिक माध्यम नै हो । बाध्य बादनका सामग्री, बनाउने तरिका, चलायने तरिका, नाट्य कला, गायन कला, सबै सबैमा वैदिक पद्धती नै कायम छन । यसबाट च्युत भएर कलाको कल्पना सम्म पनि गर्न सकिदैन । नेपालमा मात्रै हजारौ प्रकारका गीतहरु गाइन्छ, सयौ प्रकारका लोक नाचहरु नाचिन्छन, समय परिवेश अनुसार नाचगान र संगीत फरक फरक हुन्छन नै तथापी यती धेरै धनी हुनुमा वेदको देन हो ।५, आयुर्वेदको जननीआयुर्वेदको जननी वेद हो, जसको मुल अर्थववेदलाई मानिन्छ । आयुर्वेद, यसको उपचार पद्धती तथा औषथी तयार पार्ने विधीसहितका हजारौ तरिकाहरु समावेश भएका कैयन ग्रन्थहरु छन । वैदिक आयुर्वेदमा चिरफार पद्दतीको पनि विशेष उल्लेख पाईन्छ । ऋषि सुश्रुतको सुश्रुत संहितामा चिरफार गरि गरिने उपचारका औजारहरुको चित्र, बनावट सहित उपचार गर्ने पद्धतीको विस्तृत वाख्या छ । आखाँको चिरफार, अंग प्रत्यारोपण, भाचिँएको मर्किएको, जलेको वा जुन कुनै किसिमको उपचार पनि गर्न सकिने सबै समस्याको निदानका उपाय सहितका कुराहरु ग्रन्थमा पाउन सकिन्छ । नेपाली समाजमा अझैपनि आयुर्वेदीक उपचार हुन्छ, अधिकाशं गाउघरमा घरेलु तवरले नै उपचार हुदै आएको छ । पछिल्लो समय राज्य संञ्चालनका हिमायतीहरुले यसको महत्व नबुझ्नाले यस्ता मौलिक पद्धतीहरु अवश्य पनी संकटमा पर्न थालेको छ ।अष्ट्रेलिया र जर्मनमा सुश्रुत ऋषीको शालिक समेत बनाइएका छन । उहाँलाई विश्व जगतले नै संसारको सबैभन्दा पहिलो चिरफार गर्ने चिकित्सकको रुपमा मान्दै आएको छ ।५, योग ध्यान पद्धती र मोक्षको मार्गआज विश्वले नै तिव्रतर रुपमा हिन्दूधर्म दर्शनको अनुकरण गरेको विषयमध्ये योग ध्यान पनि एक हो । तथापी योग ध्यानको लागी उत्तराधिकारी केवल परमात्मा परमेश्वर को स्वरुप बुझेका वा यसको अस्तित्वलाई स्विकार्ने हिन्दूहरु मात्र हुन । भन्नुको तात्पर्य योग ध्यानको लागी योग्य हिन्दू नै श्रेष्ठ कहलिन्छन, उनिहरु नै मोक्ष र समाधीको मार्गमा पुग्न सक्छन । तथापी विश्वनै आज योग क्रान्तीमा जुटेको छ । यसले हरेक हिन्दूको छाती गर्विलो भएको छ । इतिहासमा नेपाल तपोभुमीका नामले प्रख्यात थियो । आज पनि समाधिको मार्गमा जान चाहने वास्तविक साधकहरु नेपालमै साधना गर्न चाहन्छन, गरिरहेका छन । योग ध्यान र नेपाल एक अर्काका लागी पर्यापाची शब्दजस्ता हुन ।हिन्दूहरुले पनि योग लाई विर्सदै गएको अवस्थामा पश्चिमले झकझक्याइरहेका छन । शारिरिक तन्दुरुस्थी, मानसिक शान्ती र दिर्घकालीनन खुशीका लागी योग ध्यान नै भरपर्दाे माध्यम हो । संसार नै आज एक भएर विश्व योग दिवस मनाउन लागीपरेको छ । युरोप अमेरिकामा हरेक चोकहरुमा योगा इन्सिचिउटहरु खोलिएका छन । यसलाई पनि सकारात्मक रुपमै लिनुपर्दछ ।६, जिवशास्त्र, प्राणीशास्त्र र वनस्पतीशास्त्रहिन्दूधर्म दर्शन केवल मानव हित र विकासका लागी मात्र नभएर यो सम्पुर्ण चराचर जगतको मुल हो । जिवशास्त्र, प्राणीशास्त्र र वनस्पतीशास्त्रहरुको मुल पनि हिन्दू धर्म ग्रन्थहरु हुन । ८४ लाख योनिहरुको कल्पना गर्ने हिन्दू दर्शन सबै प्राणी जगतको इतिहास केलाउने सामथ्र्य राख्दछ, उनिहरुको अध्ययनका लागी मुल बन्न पुग्दछ । यदि सम्पुर्ण वनस्पतीहरुको बारेमा ज्ञान नहुदो हो त आयुर्वेदको विकास कसरी हुने थियो । त्यस्तै प्राणीहरुको पनि ।७, उच्च श्रेणीको जिवनयापन हिन्दूहरुको जिवनयापन सबैभन्दा उच्च तहको हुन्छ । संस्कार, संस्कृती र जिवन जिउने शैली सबैभन्दा श्रेष्ठकर हिन्दूहरुकै हुन्छ । ब्रम्ह मुर्हतमा उठनु, योग ध्यान गर्नु, नित्य श्नान तथा जय आदि गर्नु, जगतको सृष्ट्री, लय र संहारका अधिपती परमात्मा परमेश्वरलाई प्रात स्मरण गर्नु र उच्च नैतिकवान हुनु हिन्दूहरुको सामान्य लक्षणहरु हुन ।खानपान आहार व्यवहार आदिमा पनि हिन्दूहरु अत्यन्त कुशल मानिन्छ । कुन खाना कुन समय, कसरी ग्रहण गर्ने विषयमा सायदै नेपाली वा भारतिय हिन्दू समाजका मानिसहरु जान्दछन , जती संसारका अन्यत्रका ले जान्दैनन । पोशाक कस्तो, कुन समय र अवशरमा लगाउने रिती हिन्दूधर्ममा मात्र छ । मानव जिवनको हरेक आयामहरु अत्यन्त वैज्ञानिक तवरले संञ्चालन गर्न गराउन सक्ने दर्शन हिन्दू मात्र हो ।८, विज्ञानको मुलगणित अर्थात गणना पद्धती हिन्दू वैदिक समाजकै देन हो । सबैभन्दा पहिले गणना गर्ने, शुन्य अंकको खोजी गर्ने, परिभाषित गर्ने काम हिन्दूहरुले नै गरे । न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्नुभन्दा हजारौ वर्ष पहिले हिन्दू धर्म ग्रन्थहरुमा त्यस्ता सुत्रहरुका बारेमा वाख्या भइसकेको थियो । कालो छिद्र अर्थात ब्ल्याक होलका बारेमा र कस्मीक उर्जाका बारेमा पनि हरेक शिव तथा रुद्र उपाशक हिन्दूहरु जान्दछन ।भौतिक विज्ञान र रसायन विज्ञानका सबै विषयहरुमा हिन्दू ग्रन्थ सम्पन्न छ ।९, चाडपर्वहरु हिन्दू चाडपर्वहरुले पूर्वीय समाजलाई सिगार्ने काम गरेको छ । सबै मौलिक चाडपर्वहरुको आफ्नै महत्व छ । वर्षभरी आउने त्यस्ता चाडपर्वहरु समय अनुसारका महत्व, पुजा विधी र भोजनका प्रकारहरुले कुनैले शक्तिको साधना लाई महत्व दिन्छ भने, कुनैले प्रेम, कुनैले सदभाव र कुनैले मोक्षमार्गको अभिप्राय दर्शाउछ । केहि चाडपर्वहरु हजारौ वर्ष पहिले देखी कायम हुदै आएको हुनाले सांस्कृतीक विरासतलाई पनि प्रतिबिम्बित गर्दछ ।१०, हरेक समस्याको समाधान समग्र सृष्ट्रि, लय र प्रलयको निरन्तरताको सम्पुर्ण रहष्य बुझ्ने बुझाउने र सो अनुसारको कर्म गर्ने संस्कार हिन्दू धर्म नै हो । मानव जिवनका लागी चाहिने हरेक आयाम देखी ब्रम्हाण्डको स्वरुप, सृष्टी, लय र प्रलयको तत्वबोध गराउने शास्त्र केवल हिन्दू शास्त्रहरु मात्र हुन ।यस्ता गर्विला तथ्यहरुका आधारहरु भएर पनि पछिल्लो समय हिन्दूहरुमा चरम निराशा र हिनताबोध देखिन थालेको छ । मौलिक संस्कारहरुमा पनि विकृती हावी हुन थालेको छ । पश्चिमी जगतको म्लेच्छपनको प्रभाव हिन्दूसमाजमा पर्न थालेको छ । यसका कारणहरु छोटकरीमा यहा प्रस्तुत गरिएको छ ।क, इसाई र मुसाई (मुश्लिम) हरुको निरन्तर आक्रमणमा परि हिन्दूहरु अल्पमतमा पर्दै गए । इतिहासमा हिन्दूमाथी हजारौ आक्रमणहरु भए, विश्वकै प्राचीन संस्कृत विश्वविद्यालयलाई आक्रमण गरी जलाइयो, ग्रन्थहरु चोरिए, लुटिए, र हराइए ।ख, वैदिक शिक्षा पद्धतीको नष्ट गरे । विशेष गरेर गुरुकुलीय पद्धती खत्तम गर्नु र संस्कृत भाषाको अध्ययन अध्यापन बन्द गरिनु प्रमुख कारण हो ।ग, हिन्दूसाधक, महर्षीहरु हर समय सिधान्त प्रतिपादन गर्नमा तल्लिन रहे । त्यसको व्यवहारीक प्रयोजनमा खासै ध्यान दिएनन । यसको कारण बत्ती मुनीको अध्यारो जस्तो बन्न पुग्यो हिन्दू समाज ।घ, हिन्दू महर्षि तथा विद्धत व्यक्तिहरुको ध्यान वस्तुको निमार्ण अर्थात वैज्ञानिक वस्तुहरुको आविष्कार गर्नुभन्दा मोक्षको मार्ग, जिवन रहस्य र ब्रम्हाण्डीय स्वरुपको बारेमा बढी ध्यान दिए। विमान शास्त्र लगायत अनेकन वैज्ञानिक यान्त्रिक वस्तुहरुको विधी विधान आफुमा हुदा हुदै पनि त्यसलाई महत्व नदिनाले आज सम्पुर्ण आधुनिक विकासको श्रेय पश्चिमी जगलाई गए जस्तो देखिन्छ तर यो आधा सत्य हो । पश्चिमका हरेक आविष्कार हरुमा वैदिक सुत्र भेटिन्छ । मात्र उनिहरुले श्रोत खुलाएनन । नत्र हनुमान चालिसामा उल्लेखित पृथ्वी र सुर्य विचको दुरी सामान्य र हल्का विषय हुने, पश्चिमले त्यसैको आधारमा हिसाव गरेर निकाल्दा त्यो चाहि प्रमाणिक, विश्वशनिय हुने र आधुनिक विज्ञान हुने भन्ने पनि हुन्छ र ! साथै, नालन्दा र तक्षशिला विश्वविद्यालय मुश्लिम र क्रिश्चियनले जलाएर नष्ट पारेको इतिहास भुलेर क्याम्ब्रिज र अक्सफोर्डको बखान गाउनु न्याय संगत होला र !