
काठमाडौँ ।सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन गठित कार्यदलले प्रारम्भीक छलफल सुरु गरेको छ ।बुधबार सिंहदरबारमा बसेको कार्यदलको पहिलो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका बिपतिहरुका बिषयमा प्रारम्भीक छलफल भएको हो ।विधेयकमा रहेको मानव अधिकारको गम्भीर उलंघन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा जोडिएका र प्रभावित भएका व्यक्ति र महान्याधीवक्ताले गम्भीर मानव अधिकार उलंघनको बिषयमा घटि मागदावी लिएर जाने लगाएत चार बिषयमा सहमतिको प्रयास खोजिएको कार्यदल सदस्य प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।छलफलका क्रममा केहि सकारात्मक संकेत देखिएको र थप छलफल गरिने उहाको भनाइ छ । त्यस्तै कार्यदल सदस्य रमेश लेखक र जनार्दन शर्माले पनि सकारात्मक छलफल भएको भन्दै केहि दिनमा टुङ्गो लगाउने जानकारी दिनुभयो ।सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बिषयमा सहमति जुटाउन आइतबार तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले बिधेयकमा चार बिषयमा सहमति गर्न बिभिन्न सुझावहरु दिने बताइएको छ ।




























