
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी आज ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।




























