इमानको राजनीति कट्टर इमानदार सरकार र तपाईं भोट बदल्नुस् हामी देश बदल्छौं को नारा बोकेको स्वतन्त्र राजनीतिक शक्ति नेपालले गिता रावतको अध्यक्षतामा स्वतन्त्र राजनीतिक शक्ति नेपाल दाङ निर्वाचन परिचालन समिति गठन गरिएको छ । गिता रावतको अध्यक्ष रहेकोमा लक्ष्मीप्रसाद आचार्य,गुरु प्रसाद गौतम, श्रीधर कुमार लम्साल, बालचन्द्र बञ्जाडे लगायत १०१ जनाको समिति बनेको हो ।पूर्वडिआईजी रमेश खरेलको अध्यक्षतामा स्वतन्त्र राजनीतिक शक्ति नेपालको गठन गरिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आमा चुनाव लिएर विभिन्न पार्टी र स्वतन्त्र समुहको गठबन्धन रहेको छ ।
इमानको राजनीति कट्टर इमानदार सरकार र तपाईं भोट बदल्नुस् हामी देश बदल्छौं को नारा बोकेको स्वतन्त्र राजनीतिक शक्ति, नेपालले यही भदौ २५ गते दाङ घोराहीको लुल्सीपुर चोकमा पहिलो बृहत् आमसभा गर्ने भएको छ । रमेश खरेल र पुण्य प्रसाईले सम्बोदन गर्ने यस आमसभामा दाङका सबै क्षेत्रका प्रतिनिधि सभाको उम्मेद्वारी समेत घोषणा हुनेछ ।यस मोर्चाका एक सदस्य रोमलाल गिरीका अनुसार, यो आमसभा दाङको इतिहासकै सबैभन्दा ठूलो आमसभा हुनेछ ।