
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले सरकार गुम्दा सबै सकिन्छ भनेर रुवाबासी गर्ने क्रान्तिकारी नभएको टिप्पणी गरेका छन ।अखिल(क्रान्तिकारी) काठमाडौं ईन्जिनियरिङ कलेजको १३ ओैं इकाइ सम्मेलनलाई प्रमुख बक्ताका रुपमा बोल्दै मैनालीले यस्तो टिप्पणी गरेका हुन ।केइसी कलेजका पूर्व बिध्यार्थी समेत रहेका मैनालीले क्रान्तिकारी साथीहरु प्रतिपक्षमा बसेर पार्टी निर्माण गर्न संभव छ भनिरहेका छन । माओवादी प्रतिपक्षमा रहेर जनताको एजेण्डा बोकिरहँदा मुलुकको सबैभन्दा ठूलो शक्ति बनेको भन्दै मैनालीले भने " प्रचण्ड बालुवाटारबाट खुमलटार सर्दा दलाल मार्काका साथीहरुले रुवाबासी गरिरहनु भएको छ तर प्रचण्ड स्वयं र पार्टीलाई नयाँ ढंगले अघि बढाउन जरुरी छ, भन्ने साथीहरु उत्साहित हुनुहुन्छ।"सरकारमा रहँदा भ्रष्टाचार बिरुद्ध निर्मम अभियान चलाएकै कारण सरकार ढल्नुले पनि माओवादीले प्रतिपक्षमा बसेर सुशासन पक्षधर जनसमुदायसँग मिलेर अभियान चलाए त्यसैले विशाल पार्टी निर्माण गर्न सकिने बिचार राखेको विद्यार्थी नेता रजिन रानाले जानकारी दिए ।




























