
काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चियाको अक्सन केन्द्र संचालनका लागि निजी क्षेत्रबाट प्रारम्भिक प्रक्रिया शुरु गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा उत्पादित अर्थोडक्स चिया बजारीकरणलाई आवश्यक सहजिकरण गर्ने बताउनुभएको छ ।
नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवम ५८ कारखानाका एकसय बढी प्रकारकोे चिया प्रदर्शनी कार्यक्रमको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै अधिकारीले अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियासंग प्रतिष्पर्धा गर्न सक्ने भएकाले यसको बजारीकरणलाई सहजीकरण गर्ने बताउनुभएको हो ।उहाले नेपाली चियाको बजारिकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो । नेपालको अर्थोडक्स चिया परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा समेत भएको उहाको भनाइ छ ।उहाले नेपाली चियाको आन्तरिक खपत बृद्धि गर्नका लागि गुणस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।



























