
काठमाडौं । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको छ।निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्रले युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष र आत्मीयतालाई कथाको मुख्य विषय बनाएको छ। चलचित्रमा नेपाली समाजका विभिन्न यथार्थपरक पक्षलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।पूर्ण पारिवारिक चलचित्रका रूपमा निर्माण गरिएको ‘लज्जावती’मा श्रीकृष्ण निरौला, मुकुन भुसाल, मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।प्रेम, परिवार र सामाजिक सम्बन्धका विविध आयामलाई समेटिएको चलचित्रले दर्शकको साथ पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।



























