
काठमाडौं । काठमाडौंको वीर अस्पतालमा जलनका विरामीको उपचार सेवा सुरु गरिएको छ ।बीर अस्प्तालमा जलन उपचार केन्द्रको स्थापना गरि जलनका विरामीको उपचार सेवा सुरु गरिएको हो । शुक्रबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुभारम्भ गर्नुभयो ।जलनका विरामीका लागि अस्पतालमा छुट्टै अप्रेशन थिएटर, आइसियु र जनरल बेडको व्यवस्था गरिएको छ । जलन उपचार केन्द्रको शुभारम्भ गर्दै मन्त्री पौडेलले जलनको उपचारका लागि आएका विरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।केन्द्रको शुभारम्भपछि अस्पतालको अन्य सेवाको निरिक्षण समेत गर्नुभएका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिनुभयो । उहाले अस्पतालमा सेवा नै दिन नसक्ने गरि जनशक्ति नरहेको भन्ने सन्देशलाई चिर्नुपर्ने भन्दै पारदर्शी ढंगले अघि बढाउन निर्देशन समेत दिनुभयो ।उहाले सवै टिकटहरुलाई अनलाईन प्रणालीमार्फत लैजान निर्देशन दिनुभयो । २०७२ को विनासकारी भूकम्पका कारण अस्पतालबाट जलनका विरामीको उपचार सेवा बन्द भएको थियो ।




























