
काठमाडौं । उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।खोलानदीको मापदण्ड खारेज गर्नुपर्ने भन्दै गैर न्यायीक सडक तथा मापदण्ड पिडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको हो ।उनीहरुले खोला मिच्न पाइदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदै, गैर न्यायिक नदी थप २० मिटर मापदण्ड खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । संघर्ष समितिका संयोजक सुमन सायमीले खोलानदीको मापदण्ड खारेज गर्दै जनतालाई न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिनुभयो ।.मापदण्ड कायम गर्ने सर्वोच्चको संयुक्त इजलासबाट भएको फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारले पुनरावलोकन निवेदन दिएको छ ।




























