
काठमाडौं । सुप्रिम सहकारीका पीडितहरुले रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरिरहेका छन् । मंगलबार सहकारी ठगीका आरोपित छवीलाल जोशीको रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा पीडितहरुले अदालत बाहिर प्रदर्शन गरेका हुन् ।
उनीहरूले सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगलाई कारबाही गर,जीबि,रवि,छविलाई कारबाही गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।६ असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई सोमबार बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले प्रदर्शन गरेका छन् ।राई फरार छन् भने रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ । लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।उनीहरूले बचत रकम फिर्ता गर, हाम्रो रगत-पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गरलगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।




























