
काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेल्न लागेको हो ।नेपाल र अस्ट्रेलियाबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा अस्ट्रेलियाको कप्तानमा लुसी हामिल्टन छन् ।




























