
रौतहट । रौतहटको मौलापुर नगरपालिकाको पतौराधाम स्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरमा आयोजित मधानी महायज्ञको आज चौथो दिन मधानी विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।मौलापुरको पतौराधाममा नेपाल र भारतका चर्चित कलाकारहरुको जमघटले लाखौंको भिड देखिएको छ । नेपाल र भारतका दर्शनार्थीहरु शिवमन्दिरमा दर्शन गर्न पुग्नुका साथै उनीहरुले आयोजित मधानी विशेष सांस्कृतिक कार्यक्रम समेत हेर्न पुगेका थिए । महायज्ञलाई विश्वव्यापी बनाउँने कलाकारहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल–भारतका चर्चित कलाकार पतौराधाममा पुगेपछि ओर्लिएको जनसागरणलाई व्यवस्थित गर्न प्रहरी र स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो । सांस्कृतिक कार्यक्रम सुरु हुनुभन्दा अघि ति कलाकारहरु शिवमन्दिरमा दर्शन गरेका थिए ।भोजपुरी सिने जगतका लेखक, निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेको मधानी विशेष सांस्कृतिक कार्यक्रममा विशेष प्रस्तुती रहेको आयोजकले जनाएको छ ।यसैगरी मधानी महोत्सवमा महाकुम्भ मेलाका भाईरल गर्ल मोनालिसा सहित मिंटुवा भोजपुरीया (कलाकार), सुनील पंडित (गायक), अनु चौधरी (गायिका), गौरभनारायण राई (नोपाली गायक), सदाम हुसेन (कलाकार), रचना सिवाकोटी ( कलाकार), रुद्र नारायण तिवारी (गायक), प्रीति आर्या पासवान (कलाकार), प्रिया सुहानी (कलाकार), रोसनी राज (कलाकार), सरिता साह (कलाकार), अर्जुन बीसी (कलाकार), मनीषा राई (कलाकार) सहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहेको छ ।मौलापुर नगरपालिकाको आयोजना भईरहेको मधानी महायज्ञ पाँच दिनसम्म चल्नेछ । ११ फागुनमा बिभिन्न विद्यालयका विद्यार्थीहरुले शिक्षा÷साक्षारत केन्द्रीत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । १२ गते भगवान शिवको बरात यात्रा निष्केको थियो भने १३ गते शिवमन्दिरमा विशेष पुजा र शिवमण्डलीका बीचमा नै प्रतिस्पर्धा भएको थियो । १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते मधानी विशेष दंगल कार्यक्रमसंगै महाधानी महोत्सव सम्पन्न हुदैछ ।‘मधानी महायज्ञमा नेपाल सहित भारतका दर्शनार्थीहरुको भिड लागेको छ । यसले दुबै देशको सम्बन्ध अझै बलियो बनाउँने विश्वास छ । मधानी महायज्ञ नेपाल–भारत सम्बन्धको सेतु बनेको छ’, मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले भनिन् ।




























