
काठमाडौँ — नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको एटीआर–४२ (ATR-42) विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। वायुसेनाका अनुसार विमानमा २० जना यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए र दुर्घटनामा कोही पनि जीवित भेटिएनन्।यो विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा रहेको थियो। उडेको केही समयमै राडारबाट सम्पर्कविहीन भएको उक्त विमानको भग्नावशेष ओन्डो राज्यको इग्बोकाडा सहरस्थित एक नौसैनिक अड्डानजिकै नदी किनारको सिमसार क्षेत्रमा फेला परेको थियो।नाइजेरियाली वायुसेनाले घटनाको वास्तविक कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ। यसैबीच, विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।



























