
काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेर रोकिएको छ ।कारोबार रकम पनि दुई अर्ब रुपैयाँले घटेको छ । आज ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गएको बिहीबार आठ अर्ब नौ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।यस दिन सेयर कित्ता कारोबार पनि घटेको छ । एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता सेयर खरिदबिक्री भएको छ । विहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको बजारमा आज भने ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ ।आजको कारोबारमा बजारमा ठुलो दबाब देखिएको थियो । जहाँ कुल २२८ कम्पनीको मूल्यमा गिरावट आउँदा, केवल २१ कम्पनीको मूल्यमा सामान्य वृद्धि भएको छ। एक कम्पनीको मूल्य भने स्थिर रहन पुग्यो । आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१.५६ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी कारोबार भएको छ ।कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक १.५९ प्रतिशतले घटेको छ ।




























