
काठमाडौं : काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् ।नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मंगलबार बिहान रिजाललाई काठमाडौँको सुविधानगरबाट पक्राउ परेको हो ।रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।




























