
काठमाडौँ। सरकारले आगामी वैशाख २८ गते सोमबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै दिएको जानकारीअनुसार, उक्त सम्बोधन कार्यक्रममा उपस्थितिका लागि संघीय संसद्का सबै सदस्यहरूलाई आह्वान गर्नसमेत राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय भएको छ।



























