
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाएको छ ।सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि आयोगका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नयाँ पदाधिकारी छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन् ।मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठित समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन् ।मन्त्रालयका अनुसार आयोगको अध्यक्षसहित चार सदस्य नियुक्तिका लागि चाँडै १५ दिने सूचना जारी गर्दै आवेदन आह्वान गरिनेछ ।




























