
काठमाडौं । चितवनमा अनुमति बिना सार्वजनिक तथा निजी सवारीसाधनमा कालो स्टिकर प्रयोग गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम कार्यान्वयनमा ल्याएको हो ।नियम लागू भएसँगै चितवनका करिब १५० सार्वजनिक तथा निजी सवारीसाधनबाट कालो स्टिकर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार कालो स्टिकर प्रयोग गरिएका सवारीसाधनमार्फत लागुऔषध, चोरीका सामान, हातहतियार तथा शङ्कास्पद वस्तु ओसारपसार हुन सक्ने आशंकाका कारण यस्तो निर्णय गरिएको हो ।उनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आवश्यक अनुमति बिना कालो स्टिकर प्रयोग नगर्न सवारीधनीलाई आग्रह गरेका छन् । ट्राफिक प्रहरीले आगामी दिनमा पनि निगरानी तथा अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ ।



























