
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा कास्य पदक जितेका हुन्।
टोयाहाशी जिम्नेसियममा बुधबार भएको प्रतिस्पर्धामा शेर्पा सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० अंकले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए।
कास्य पदकका लागि भएको खेलमा भने शेर्पाले उत्कृष्ट प्रदर्शन गर्दै लाओसका वाथाना जायासनलाई ९–१ अंकले पराजित गरे।
यससँगै तेन्जिङले नेपालका लागि जारी एसियाली खेलकुदको पहिलो पदक सुनिश्चित गरेका छन्। उनको कास्य पदकसँगै नेपालले प्रतियोगितामा आफ्नो पदकको खाता खोलेको हो।


























