
समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुने जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।त्यसैगरी, बैठकमा मन्त्रिपरिषद् पूर्णताबारे यसअघिको बैठकमा पनि छलफल भएकाले आज पनि त्यसमा छलफल हुने भएको छ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदार दलबाट नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्षनेताहरू सहभागी हुनुहुन्छ । Source:Gorkhapatra




























