
काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औँ मिनेटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले जोसिप स्टानिसिकको पासलाई उत्कृष्ट रूपमा गोलमा परिणत गरेका थिए ।यस जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो तीन अंक हासिल गरेको छ । यसअघि आफ्नो पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४-२ ले पराजित भएको थियो ।यता, पानामाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पानामा घानासँग १-० ले पराजित भएको थियो ।



























