
साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको छ। भारतको जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो।खेलको १० औं मिनेटमा उनले पहिलो गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएकी हुन् । ४० औं मिनेटमा पुन शिलजीले किपरलाई वान एण्ड वानमा बिट गर्दै दोस्रो गोल गरिन् ।नेपालको निकै फितलो डिफेन्स र गोल रक्षक अगाडि बढेको अवस्थामा भारतका लागि पुजाले तेस्रो गोल गरिन् ।पहिलो हाफमा ३–० को अवस्थामा रहेको खेलमा दोस्रो हाफमा नेपालले एक गोल मात्रै फर्काउन सक्यो । नेपालका लागि बर्षा ओलीले ५४ औं मिनेटमा गरेको गोल नै नेपालको लागि एक मात्र गोल बन्यो । त्यस्तै, खेलको ८१ औं मिनेटमा पुन शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित सुनिश्चित गराइन् ।डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ। अब नेपालले बिहीबार बंगलादेशसँग दोस्रो खेल खेल्ने छ।नेपालले मार्च २१ मा फेरि भारत र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। शीर्ष टोलीले प्रतियोगिताको उपाधि जित्नेछ।




























