शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौ रहेको छ।यस्तै कम जनसंख्या भएको जिल्ला मनाङ हो। शुक्रबार सार्वजनिक २०७८ सालको जनगणनाको अन्तिम नतिजाअनुसार जिल्लागत रुपमा काठमाडौं जनसंख्या २० लाख ४१ हजार ५८७ पुग्दा मनाङको जनसंख्या तीन हजार १९२ रहेको छजनसंख्या बढी भएका पाँच जिल्ला २०७८ सालको जनगणनाको सार्वजनिक नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं हो। जसको जनसंख्या वृद्धिद्धर १.५१ प्रतिशत रहेको छ। २०७८ सालको जनगणनाको तथ्यांक अनुसार काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ। यो कुल जनसंख्याको ७ प्रतिशत हो।यस्तै दोस्रो ठूलो जनसंख्या भएको जिल्लामा मोरङ रहेको छ। जहाँको जनसंख्या वृद्धिदर १.६६ प्रतिशत रहेको छ। सार्वजनिक नतिजाअनुसार मोरङ जिल्लाको जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ। यो कुल जनसंख्याको ३.९४ प्रतिशत हो।
तेस्रो धेरै जनसंख्या हुने जिल्लामा रुपन्देही रहेको छ। जसको वृद्धिदर २.३३ प्रतिशत छ। सार्वजनिक नतिजाअनुसार रुपन्देही जिल्लाको जनसंख्या ११ लाख २१ हजार ९५७ रहेको छ। यो कुल जनसंख्याको ३.८५ प्रतिशत हो।चौंथो धेरै जनसंख्या हुने जिल्लामा झापा रहेको छ। जसको वृद्धिदर १.९७ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार झापाको जनसंख्या नौ लाख ९८ हजार ५४ रहेको छ।पाँचौ धेरै जनसंख्या भएको जिल्लामा सुनसरी रहेको छ। जसको वृद्धिदर १.८६ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार सुनसरीको जनसंख्या नौ लाख २६ हजार ९६२ रहेको छ। Source:Gorkhapatra