
काठमाण्डाै - अमेरिकी डलरको भाउ हिजोको तुलनामा आज घटेको छ ।नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो बिहीवार एक अमेरिकी डलरको बिक्रीदर १ सय ३३ रुपैयाँ ३३ पैसा र खरिददर १ सय ३२ रुपैयाँ ७३ पैसा रहेको थियो ।यस्तै, युरोको भाउ भने बढेको छ । आज एक युरोको खरिददर १ सय ४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै, एक पाउन्ड स्टर्लिङको खरिद मूल्य १ सय ६८ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १ सय ६९ रुपैयाँ १८ पैसा रहेको छ । राष्ट्र बैंकले अष्ट्रेलियन एक डलरको खरिद मूल्य ८७ रुपैयाँ १८ पैसा र विनीमय दर ८७ रुपैयाँ ५८ पैसा तोकेको छ ।आज कतारी रियालको खरिददर तथा बिक्रीदरमा भने घटबढ भएको छैन । कतारको एक रियालको ३६ रुपैयाँ ४० पैसा, बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ भने एक साउदी अरेबियन रियालको ३५ रुपैयाँ ३८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५४ पैसा रहेको छ ।कुबेती एक दिनारको खरिददर ४ सय ३३ रुपैयाँ १६ पैसा रहेको छ भने विनीमयदर ४ सय ३३ रुपैयाँ दुई पैसा रहेको छ । कुबेती एक दिनारको खरिददर ४ सय ३१ रुपैयाँ ७ पैसा रहेको थियो भने विनीमय दर ४ सय ३३ रुपैयाँ दुई पैसा रहेको छ ।




























