
काठमाडौं,सेयरबजार परिसुचक घटेर राताम्मै भएको छ । बजेट घोषणापछिको आज दोस्रो दिन बुधबार बजार परिसुचक पुन ३८ दशमलव ८३ अंकले ओरालो लागेर १८ सय ४९ दशमलव ७९ बिन्दुमा झरेको छ । अघिल्लो दिन पनि बजार परिसुचक ५३ दशमलव १६ अंकले ओरालो लागेको थियो । आज बुधबार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव २८ अंकले ओरालो लागेर तीन सय ५३ दशमलव ४३ बिन्दुमा झरेको छ ।नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुमहरु अन्र्तगत दुई सय ६२ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । जसबाट ३६ हजार आठ सय ९३ पटकको कारोबारमा ८७ लाख ३६ हजार एक सय २८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ रुपैंयाँ कायम भएको छ ।धितोपत्र बजारमा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले ओरालो लागेर सेयर बजार पुरै रातो भएको छ ।




























