काठमाडौं ।बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार (आज) लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मंगबार नै उनले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।केन्द्रमा काँग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमतिअनुसार लामा मुख्यमन्त्री बनेका हुन्।
११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमालेको मात्रै ६४ मत रहेको छ र जुन बहुमतका लागि पर्याप्त मत हो।प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो।यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो।