
नेपालले भारतमा जारी १४औं साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।बेङ्लोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा नेपाललाई जिताउन आशिष चौधरीले निर्णायक गोल गर्नुभयो । आशिषले ८०औं मिनेटमा लाकेन लिम्बुको पासमा गोल गर्दै नेपाललाई जिताउनुभयो ।आशिषको यो नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गोल हो । पाकिस्तानसँगका जितसँगै नेपालले साफमा सुखद अन्त्य गरेको छ । तीन खेलमा ती अङ्क बनाएको नेपाल समूहमा तेस्रो भयो । पाकिस्तान अङ्कबिहन बन्यो ।नेपाल समूह ‘ए’ पहिलो खेलमा आमन्त्रित टिम कुवेतसँग ३–१ र दोस्रो खेलमा साविक विजेता भारतसँग २–० गोलले पराजित भएको थियो । यस समूहबाट कुवेत र भारतले अन्तिम चारमा स्थान बनाएको छ ।




























